logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

एमालेको पार्टी कार्यालयबारे दुगडलाई सोध्नुस् : भीम रावल


अंकुरण खबर
1.417K
Shares

नेकपा एमालेको खनाल–नेपाल समूहका नेता भीम रावलले नेकपा एमालेको पार्टी कार्यालयको विषयमा प्रधानमन्त्री केपी ओलीको प्रमुख आर्थिक सल्लाहकार मोतिबाबु दुगडलाई सोध्नुपर्ने भन्दै व्यंग्य गरेका छन् ।

आज बसेको उक्त समूहको स्थायी कमिटीको बैठकको बीचमै निस्केका रावलले सञ्चारकर्मीहरुसँग भने, ‘नेकपा एमलोका संरचनाको सम्पूर्ण संरचना पूर्ववत हुन्छ भनेर अदालतले भनिसकेपछि पूर्ववत कमिटी हामीले चलाइरहेका छौँ ।  अब कहाँ बसेर चलाउने भन्ने सामान्य हो । कुनै कार्यक्रम गर्नुपर्यो भने कुनै संरचना, कुनै घरबाट चलाउने होला कुनै कहाँबाट होला ।’

पत्रकारहरूले एमालेको पार्टी कार्यालय सरेको छ नि भनेर सोध्दा रावलले भने, ‘त्यो चाहीँ दुगडलाई नै सोध्नुस् ।’ त्यस्तै रावलले नेपालको कम्युनिष्ट आन्दोलनलाई केपी शर्मा ओलीले लज्जित तुल्याउने काम गरेको भन्दै बैठकमा सोही विषयमा छलफल चलिरहेको बताए ।

बैठकमा उक्त समूहका नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि ओलीले कारबाही गरेको भन्दै भत्र्सना गरिएको बताइएको छ ।