logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति भण्डारीले सम्झिइन् मेलम्चीको सपना देख्‍ने किसुनजीलाई


अंकुरण खबर
1.157K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको सपना देख्ने पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ लाई सम्झेकी छन् ।

काठमाडौंमा आयोजित मेलम्ची खानेपानी आयोजनाको वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले किसुनजीलाई सम्झेकी हुन् ।

राष्ट्रपति भण्डारीले सम्बोधनको सुरुमै मेलम्ची खानेपानी आयोजनाको परिकल्पना गर्ने र सार्वजनिक कार्यक्रममै सिन्धुपाल्चोकबाट मेलम्चीको खानेपानी काठमाडौँ ल्याउने प्रतिबद्धता  पूर्वप्रधानमन्त्री भट्टराईले गरेको बताइन् ।

‘पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक कार्यक्रममै मेलम्चीको पानी काठमाडौं ल्याउने प्रतिबद्धता जाहेर गरेपछि यो आयोजनाको विकास निर्माणको काम अघि बढेको हो’ राष्ट्रपति भण्डारीले भनिन्, ‘यस आयोजनाका परिकल्पनाकारलाई धन्यवाद छ ।’

साथै राष्ट्रपति भण्डारीले मेलम्चीको खानेपानी काठमाडौं आएपछि उपत्यकामा खानेपानी समस्या समाधान हुने बताइन् । उनले मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा खटिने कर्मचारी, विकास निर्माणमा लाग्ने प्राविधिक, मजदुर लगायत सबैलाई धन्यवाद दिइन् ।

यस्तै, राष्ट्रपति भण्डारीअघि झण्डै आधा घण्टा कार्यक्रमलाई सम्बोधन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले भने किसुनजीको नाम लिएनन् ।