नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यमा जानकी देवी रामले आइतवार पद तथा गोपनीयताको शपथ लिने भएकी छन् ।
सांसद सानु सिवाको निधन भएपछि रिक्त स्थानमा समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूह (दलित) बाट उनी निर्वाचित भएकी थिइन् ।
सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजे सांसद जानकी देवी रामलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।