logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसको सदस्यता बुझाउने समय थपियो


अंकुरण खबर
975
Shares

आगामी भदौ ७ देखि १४ औं महाधिवेशन गर्ने कार्यतलिका सार्वजनिक गरेको नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि समय थप गरेको छ ।

यसअघि चैत १० गतेभित्र क्रियाशील सदस्यता वितरण गरिसक्ने गरी कार्यतालिका बनाएको कांग्रेसले ९ जिल्लाले क्रियाशीलको काम नै नगरेपछि समय थपेको छ । थप गरिएको समयअनुसार जिल्लाले यही चैत ३० भित्र क्रियाशील वितरण गरी केन्द्रमा विवरण पठाउनुपर्नेछ ।

यस्तै वैशाख १० गतेभित्र क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा परेका उजुरी उपर छानविन गरी निर्णय गर्ने कांग्रेसले जनाएको छ ।

क्रियाशील सदस्यताको अन्तिम सूची सभापतिलाई जेठ १७ भित्र बुझाइसक्नुपर्ने कार्यतालिका बनाइएको कांग्रेसले जनाएको छ ।