साताको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ ।
आज छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ८७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार दुई सय रुपैयाँ थियो ।
आज तेजाबी सुनको तोलामा पनि तीन सय रुपैयाँले बढेर ८७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्यस्थिर रहि तोलामा १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।