logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दिल्लीमा चार साता नाइट कर्फ्यु


अंकुरण खबर
845
Shares

कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा नाइट कर्फ्यु लागू भएको छ।

दिल्लीमा अब अप्रिल ३० तारिखसम्म राति १० देखि बिहान ५ बजेसम्म कर्फ्यु लागू हुनेछ।

परिचयपत्र बोकेका स्वास्थ्यकर्मी, टिकट बोकेका बस, रेल तथा हवाई यात्रु, गर्भवती तथा अन्य बिरामीलाई भने आवतजावतको छुट हुनेछ।

हिजो सोमबार दिल्लीमा ३५ सय ४८ जना संक्रमित थपिए भने १५ जनाको मृत्यु भयो। अहिले त्यहाँ १४ हजार ५८९ सक्रिय संक्रमित छन्।

भारतभर भने पछिल्लो २४ घण्टामा करिब ९७ हजार संक्रमित थपिएका छन्। ४४६ जनाको मृत्यु भएको छ।