logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ


अंकुरण खबर
1.079K
Shares

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् ।

२०६४ सालदेखि फरार भएका साविक खुटुवा जब्दी गाविस-८ का ४५ वर्षीय वीरेन्द्र महतो धानुकलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

धानुकको समूहले २०६४ साल साउन २१ गते बाराको साविक प्रसैनी गाविस–७ मा रहेको किराना पसल बन्द गरी घर जाँदै गरेका सोही स्थानका बलिराम साह धानुकलाई हातहतियार देखाई अपहरण गरी २० लाख रुपैयाँ रकम माग गरी बन्धक बनाएका थिए ।

घटनाबारे थप अध्ययन अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।