logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

गण्डकी सरकारबाट माओवादीका मन्त्री बाहिरिँदै


अंकुरण खबर
754
Shares

गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् ।

यद्यपि, प्रदेश सरकारलाई दिएको विश्वासको मत भने तत्काल फिर्ता नलिने माओवादीले जनाएको छ ।

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । संसदको पहिलो बैठकमा सम्बोधन गरेर दुई मन्त्रीले राजीनामा दिने बताइएको छ । आजै बसेको माओवादी संसदीय दलको बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा र आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले राजीनामा दिन लागेका हुन् । ०७४ फागुन ४ गते दुवैजना मन्त्री भएका थिए ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेका २८, कांग्रेसका १५, माओवादीका १२, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद छन् ।