logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपाल र नेदरल्याण्ड भिड्दै


अंकुरण खबर
1.261K
Shares

पाँच देशीय टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आज नेदरल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ । सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसंग खेल्न लागेको हो ।

ओमानको अल अम्रेट क्रिकेट मैदानमा हुने खेल बिहान सवाँ ११ बजे सुरु हुनेछ । पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपालले सोही लयलाई दोस्रो खेलमा समेत निरन्तरता दिन चाहन्छ । सिरिजमा नेपाल २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । नेदरल्याण्ड आफ्नो पहिलो खेलमा आयरल्याण्डसंग ६ विकेटले पराजित भएको थियो ।

यस्तै नेपालले आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्नेछ । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।