logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्सामा प्रेस चौतारीको पूरै प्यानल विजयी


अंकुरण खबर
871
Shares

नेपाल पत्रकार महासंघ पर्सामा अध्यक्षलगायत सम्पूर्ण पदाधिकारीमा प्रेस चौतारी पक्षधर उम्मेदवार विजयी भएका छन् ।

केही सदस्यमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा अनुप तिवारी विजयी भएका छन्। उपाध्यक्षमा युवराज खड्का र महिला उपाध्यक्षमा सुषमा शर्मा  विजयी भए ।

सचिवमा भूषण यादव र सहसचिवमा जियालाल साह  निर्वाचित भएका छन् । साह नेपाल समयकर्मी हुन् ।

सहसचिव समावेशीतर्फ जितेन्द्र साह र कोषाध्यक्षमा सञ्जीवकुमार मिश्र विजयी भए ।

कार्यसमितिको सदस्य मधेसीतर्फ तिवारी यादव, महिला सदस्यमा कविता खड्का र आदिवासी जनजाति सदस्यमा रश्मी राजभण्डारी विजयी भएका छन् ।

कार्यसमितिका अन्य समावेशी सदस्यमा प्रेस युनियन गठबन्धनका अमित अग्रवाल विजयी भए । खुला सदस्यमा युनियन गठबन्धनकै अजय चौरसिया र नरेश सर्राफ विजयी भए ।

बाँकी चारजना धर्मेन्द्र चौरसिया, पुष्पराज तिमिल्सिना, सफल खतिवडा र श्याम कुशवाहा प्रेस चौतारीतर्फबाट विजयी भएका छन् ।