सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागी हुँदा नौ घर जलेर नष्ट भएका छन् ।
बराहताल-९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार आगलागी भएको वडाध्यक्ष युवराज कार्कीले जानकारी दिए ।
उनका अनुसार हरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको हो । बस्तीबाट नजिकै रहेको वनमा लागेको आगोले सिधै बस्तीमा भेट्टाउँदा घर जलेका वडा अध्यक्ष कार्कीको भनाइ छ ।
सिस्नेरी गाउँमा १८ भन्दा धेरै घरधुरी रहेका छन् । अहिले आफूसहितको टोली तत्काल आवश्यक पर्ने राहत सामग्री लिएर घटनास्थल जान लागेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले जानकारी दिए ।