logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तुवाँलोले धुम्म रहेको मौसममा सुधार : पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना


अंकुरण खबर
2.21K
Shares

तुवाँलोले केही दिनदेखि धुम्म रहेको मौसम सुधार हुँदै गएको छ ।

आज बिहानैदेखि देशका धेरैजसो ठाउँमा घाम लाग्न सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभरको मौसम सफा नै रहेपनि स्थानीयसँगै पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले पहाडी क्षेत्रका केहि ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ ।

दिउँसोपछि पहाडी जिल्लाका केही ठाउँमा मेघगर्जन र चट्याङ्सहित क्षणिक पानी पर्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेश, प्रदेश १ र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले बताए ।

पहाडी क्षेत्रमा आंशिक बदली रहेपनि बाँकी ठाउँको मौसम भने सफा रहने र मौसम परिवर्तनको खासै सम्भावना नरहेको मौसमविद् पौडेलको भनाइ छ ।