logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तीन हप्ताका लागि विद्यालय बन्द गर्न सीसीएमसीको प्रस्ताव


अंकुरण खबर
1.469K
Shares

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा तीन साता विद्यालय तथा कलेजहरु बन्द गर्ने विषयमा छलफल भएको छ । तर मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने–नलैजाने तय भइसकेको छैन् ।

कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन सभा सम्मेलन तथा कार्यक्रमहरु रोक्न सिफारिस गरेको छ ।

सीसीएमसीको शनिबार बसेको बैठकमा यसबारे छलफल भएको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।  ‘विद्यालय तथा कलेजहरुले भौतिकको साटो अनलाइन कक्षा चलाउने विषयमा छलफल चलेको छ, मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने नलैजाने निर्णय भइसकेको छैन’ उनले भने ।

काठमाडौं, पोखरा लगायतका ठाउँ र केही विद्यालय तथा कलेजमा अनलाइन माध्यमबाट पठनपाठन सन्चालन गर्न प्रस्ताव गरिएको छ।

यस्तै सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल लगायतका क्षेत्रमा  जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न र डीसीसीएमसीलाई कडाइका साथ अनुगमन गर्न निर्देशन पनि बैठकले दिएको छ ।

बैठकले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन सबै पक्षमा अपील समेत गरेको छ ।

पछिल्लो समय कोभिड–१९ संक्रमण बढेको र नयाँ भेरियन्ट समेत देखा परेको भन्दै सीसीएमसी बैठकले सतर्कता अपनाउन सबैलाई अपिल पनि गरेको छ ।

बैठकले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई अझ बढी सक्रिय बनाउने निर्णय पनि गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले जानकारी दिए ।

सीमा नाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरुलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राख्ने काम गर्ने निर्णय भएको छ ।