logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्यमा सामान्य गिरावट


अंकुरण खबर
1.287K
Shares

नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

आइतबार छापावाला सुन तोलामा चार सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुन तोलामा ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, आइतबार चाँदी तोलामा १२ सय ७५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।