logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मर्मतपछि भोलिबाट मनकामना केबुलकार पुनः सञ्चालनमा आउँदै


अंकुरण खबर
871
Shares

मर्मत सम्भारका लागि बन्द रहेको मनकामना केबुलकार सोमवार (भोलि) देखि पुनः सञ्चालनमा आउने भएको छ ।

मर्मत सम्भारका लागि गत चैत २३ गतेबाट बन्द रहेको मनकामना केबुलकार चैत ३१ गते सञ्चालनमा आउने भनिएको थियो । तर मर्मतको काम सकिएकाले चैत ३० गतेबाटै सञ्चालनमा आउने भएको हो ।

६ दिन बन्द गरेर मर्मत सम्भार गर्ने भनिए पनि काम सकिएपछि ५ दिनमै सञ्चालनमा आउन लागेको मनकामना दर्शन प्रालिले जनाएको छ ।