logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशका अधिकांश भू-भागहरूमा आंशिकदेखि सामान्य बदली


अंकुरण खबर
767
Shares

देशका अधिकांश भू-भागहरूमा तुवाँलो रहे पनि सामान्यतया मौसम भने सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

देशका अधिकांश भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ ।

दिउँसो सुदूरपश्चिम प्रदेशका अधिकांश भागसँगै देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने विभागले बताएको छ ।

देशका केही पहाडी भू-भागमा अपराह्नपछि मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।  त्यसैगरी राति देशका पहाडी भू-भागमा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।