logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंसहित देशका धेरै ठाउँमा तुवाँलो, तत्काल पानी नपर्ने


अंकुरण खबर
1.69K
Shares

काठमाडौंसहित मुख्य सहरमा तुवाँलो लागेको छ ।

अहिले देशका धेरै ठाउँमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाक्लो तुवाँलोका कारण काठमाडौंको भिजिबिलिटी अहिले २५ सय रहेको छ । देशका पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली रहेको छ र बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहेको महाशाखाका मौसमविद् सजिना शाक्यले जानकारी दिए ।

स्थानीय तथा पश्चिमी न्यूनचापीय रेखाको प्रभावका कारण दिउँसोपछि पहाडी एकरदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित सामान्य पानी पर्ने अनुमान छ । तर काठमाण्डौमा तत्काल पानी पर्ने सम्भावना कम रहेको छ ।

पानी नपर्दा प्रदूषण पनि कायमै छ ।