logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अहिलेको गतिमा संक्रमण बढे दैनिक ११ हजारसम्म पुग्ने सरकारको आकलन


अंकुरण खबर
845
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेकै गतिमा कोरोना भाइरसको संक्रमण बढे भयावह अवस्था सिर्जना हुने आकलन गरेको छ ।

मन्त्रालयले जेठ अन्तिमदेखि असारमा दैनिक ११ हजारको हाराहारीमा संक्रमण पुष्टि हुने आकलन गरेको हो ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री हृदयेश त्रिपाठीले असारसम्ममा ६ लाखसम्म संक्रमित पुग्नसक्ने बताएका छन् ।

त्यो अवस्थालाई रोक्न मन्त्रालय लागिपरेको उनको भनाइ छ। संक्रमणको भयावह अवस्थालाई रोक्न सबै सजग हुनुपर्ने मन्त्री त्रिपाठीले बताएका छन् ।