logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तीनवटा प्रदेशमा वर्षा गराउने बादल विकसित, सतर्कता अपनाउन आग्रह


अंकुरण खबर
676
Shares

अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको छ ।

पश्चिमी वायुका कारण तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित ठूलो पानी परिरहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

यो प्रणाली बिस्तारै पूर्वतिर सरिरहेकाले वाग्मती र प्रदेश दुईका केही ठाउँमा पनि ठूलो असिना पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । पश्चिमी वायुको प्रभाव अझै दुई दिन रहने मौसमविद्ले बताएका छन् ।

तराईका जिल्लाहरूमा भने सामान्यतया मौसम सफा नै रहेको छ । आउँदो दुई दिनसम्म बिहान र दिउँसो सफा भए पनि बेलुकीपछि मौसम बदली हुने  मौसम पूर्वानुमान विभागले जनाएको छ।

काठमाडौं उपत्यकामा पनि गड्याङगुडुङका साथ वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।