logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

प्रधानमन्त्रीको सम्बोधन: तत्कालै लकडाउन हुँदैन, परिस्थितिलाई विग्रन नदिऔं


अंकुरण खबर
1.456K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

नयाँ वर्षका अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै अहिले लकडाउन हुन्छ, भरै हुन्छ भन्ने हल्ला सुनिएको भन्दै प्रधानमन्त्री ओलीले अहिले नेपालमा लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताए ।

सम्बोधनमा ओलीले भने, ‘सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन। तर विकसित देशहरू पनि लकडाउनमा जान बाध्य छन्। त्यसैले परिस्थितिलाई विग्रन नदिऔं, स्वास्थ्य मापदण्ड पालना गरौं।’

उनले आफूले लकडाउन गर्ने धम्की नदिएको बताए। धम्की दिने हैसियत आफूले नराख्ने उनको भनाइ छ।

यस्तै, प्रधानमन्त्री ओलीले वृद्धभत्ता लगायतका सामाजिक भत्ता बढ्दै जाने बताएका छन् ।

साथै उनले दैनिक साढे पाँच किलोमीटर सडक निर्माण भइरहेको बताएका छन् । ‘अब सामाजिक भत्ता बढ्दै जान्छ’ प्रधानमन्त्री ओलीले भने, ‘दैनिक पाँच किलोमीटर सडक निर्माण भइरहेको छ ।’ पूर्वाधार निर्माणको क्षेत्रमा थुप्रै काम भएको उनको भनाइ छ ।

रेल सञ्चालन गर्ने, धरहरा निर्माणको काम अन्तिम चरणमा पुगेको पनि उनले बताए । यस्तै हुलाकी राजमार्ग निर्माणको काम पनि अन्तिम चरणमा पुगेको प्रधानमन्त्री ओलीको दाबी छ ।