काठमाडौं – नवलपरासीको कावासोती–१५ मा रहेको बाण खोलामा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ ।
पर्वत जिल्ला रानीपानी घर भइ हाल कावासोती १५ मा मामा घर बस्दै आएका बर्ष १० का राजन भुसालको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
आज दिउँसो पौडी खेल्ने क्रममा घाइते भइ उपचारका लागि कावासोतीको कालिगण्डकी अस्पतालमा ल्याउने क्रममा भुसालको मृत्यु भएको हो ।