logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओखलढुंगामा चट्याङले गाउँपालिका अध्यक्ष र वडाध्यक्षको घर ध्वस्त


अंकुरण खबर
702
Shares

ओखलढुंगाको लिखु गाउँपालिकामा चट्याङपछि आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् ।

बिहीबार राति करिब १ बजेतिर चट्याङ परेर आगलागी हुँदा लिखु गाउँपालिका-८ का दुई घर जलेर नष्ट भएका हुन् । ती घर गाउँपालिका अध्यक्ष र वडाध्यक्षको हो ।

गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेल र उनका भाइ वडा नम्बर ८ का वडाध्यक्ष विशालकुमार पौडेलको घर चट्याङले ध्वस्त भएको हो । चट्याङ परेर घरमा आगोलागी भएपछि भाग्ने क्रममा वडाध्यक्ष विशालकुमारकी श्रीमती घाइते भएकी छन् ।

चट्याङबाट भण्डारण गरिएका सबै सरसमान नष्ट भएपनि मानवीय क्षति भने नभएको जनाइएको छ ।