logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतबाट आएका ३१ वर्षीय संक्रमितको मृत्यु


अंकुरण खबर
780
Shares

एक हप्ताअघि भारतबाट आएका कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुर्खेत गुर्भाकोटका ३१ वर्षीय पुरुषको नेपालगञ्जमा आज विहान मृत्यु भएको हो ।

एक हप्ताअघि भारतबाट आएका पुरुषको स्वास्थ्यमा समस्या आएपछि चैत्र ३१ गते नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएको थियो ।

त्यहाँ पीसीआर जाँच गर्दा पोजिटिभ देखिएपछि भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको शुक्रबार बिहान ७ः३५ बजे भेरीमै मृत्यु भएको हो । मृतकलाई कुनै दीर्घरोग थिएन।

बाँकेमा अहिलेसम्म बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ९३ जना पुगेको छ ।