logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज विजया दशमी, मान्यजनबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी मनाइँदै


अंकुरण खबर
2.236K
Shares

काठमाडौं – आज विजया दशमी, अर्थात बडादशैंको टीका लगाउने दिन । मान्यजनबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी देशभर हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ ।

हिन्दु नेपालीको महान चाड विजयादशमीमा आश्विन शुक्ल प्रतिपदामा घटस्थापनासहित जमरा राखी नवमीसम्म दुर्गा सप्तसती अर्थात चण्डी पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा सहित प्रसादका रुपमा टीका जमरा ग्रहण गरिन्छ ।

आज टिकाको साइत विहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । देवी विसर्जनको साइत भने विहान ८ बजेर ४५ मिनेटमा रहेको समितिले जनाएको छ ।