logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति ?


अंकुरण खबर
611
Shares

आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य फेरी बढेको छ ।

आज छापावाला सुन तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

गत शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ ।

गत शुक्रबार १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।