नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।
नेता नारायणकाजी श्रेष्ठका अनुसार भोलि बिहान ११ बजे बस्ने गरी पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो ।
भोलिको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन नरहेको जानकारी गराउने श्रेष्ठले जानकारी दिए । भोलिको बैठकले केन्द्रीय कमिटीको बैठकको मिति पनि तय गर्नेछ ।
पछिल्लो राजनीतिक परिस्थितिबारे पनि बैठकमा छलफल हुने उनले बताएका छन ।