logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालुवाटारमा विप्लव र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


अंकुरण खबर
715
Shares

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

सो भेटमा गृहमन्त्री रामबहादुर थापा, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सरकारी पक्षबाट सहभागी छन् भने विप्लव नेकपाको तर्फबाट सो पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि सहभागी छन्।

भेटमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल हुनुका साथै तीन बुँदै सहमति कार्यान्वयनको प्रगति, बन्दी रिहाई र मुद्दा खारेजीको विषयमा छलफल भएको छ।

छलफलमा सरकारले यथासक्य छिटो बन्दी रिहाई र मुद्दा खारेजी गर्ने प्रतिबद्धता गरेको नेकपाले जनाएको छ। भेटवार्तामा राजनीतिक बिषयमा समेत छलफल भएको बुझिएको छ।

सरकारले ३ बुँदे सहमति गरेपनि अझै विप्लव नेकपाका नेता कार्यकर्ता रिहाई गरेको छैन।

यसअघि शनिवार दिउँसो प्रवक्ता प्रकाण्डले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका थिए। प्रकाण्डको भेटपछि आज विप्लव पनि बालुवाटार पुगेका हुन।

आजको भेटमा कृषि उत्पादनलाई प्राथमिकतामा राख्ने, उत्पादन वृद्धि गर्ने तथा युवाहरुलाई रोजगारी दिने र युवाशक्तिको परिचालनको बिषयमा समेत छलफल भएको बताइएको छ।