logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


अंकुरण खबर
1.105K
Shares

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषय र पार्टी सङ्गठनबारेमा छलफल हुने नेता देव गुरुङले जानकारी दिए।

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता तथा नयाँ समीकरणका बारेमा पनि छलफल हुनेछ । अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता भङ्ग गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि माओवादी केन्द्र नयाँ सरकार बनाउने कसरतमा जुटेको छ ।

यसका लागि माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपासँग दिनहुँ जसो छलफल गर्दै आएको छ ।

तर, माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता नलिएको भन्दै कांग्रेस र जसपाले कुनै  पनि औपचारिक निर्णय गरेका छैनन् ।