iसाताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
आज छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले बढेर ९० हजार पाँच सय रुपैयाँमा कारोबर भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य स्थिर रही तोलामा १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।