logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुम्बिनी प्रदेशका दुई मन्त्रीले दिए राजीनामा,आजै जसपाका ४ सांसद मन्त्री बन्ने


अंकुरण खबर
1.378K
Shares

लुम्बिनी प्रदेशका दुई मन्त्रीले सोमबार राजीनामा दिएका छन्।

माओवादी केन्द्रबाट मन्त्री बनेका कुलप्रसाद केसी र सुदर्शन बरालले राजीनामा दिएका हुन्।

केसी आन्तारिक मामिला तथा कानून मन्त्री र बराल सामाजिक विकासमन्त्री थिए। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका ४१ जना सांसदले पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराए पछि उनीहरुले राजीनामा दिएका हुन्।

उनीहरुको राजीनामासंगै आफुलाई सहयोग गरेका जसपाका सांसदहरु विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी, कल्पना पाण्डेलाई पोखरेलले मन्त्री बनाएका हुन् । उनीहरुको चार बजे सपथ हुदैछ ।  अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा रूपमा कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ।