logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकै दिन थपिए १२ सय ८१ जना कोरोना संक्रमित, काठमाडौं उपत्यकामा मात्रै ६३४ जना  


अंकुरण खबर
871
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ ।

गत २४ घण्टामा ७ हजार ५ सय ४८ जनाको परीक्षण गर्दा १ हजार २ सय ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पिसिआर परीक्षणमा १ हजार २ सय ८१ र एन्टिजेनमा ५४ गरी १ हजार २स य ८१ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये ७ हजार २ सय ५४ जना आइसोलेसनमा छन् । हालसम्म २३ लाख ५२ हजार ५ सय २ जनाको पिसिआर परीक्षण भएको छ ।

सोमबार २ सय ५५ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ७५ हजार ५ सय ५५ पुगेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ९१ पुगेको छ । हाल ८१ जना क्वारेन्टाइनमा छन् ।

यस्तै, गत २४ घण्टामा ६३४ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन् । काठमाडौंमा ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।