logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै


अंकुरण खबर
572
Shares

आज नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो १ बजे बैठक बस्ने छ । स्थायी कमिटी बैठक सोमबार बस्ने भनिए पनि नेताहरूको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको थियो।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन बैठक बोलाइएको बताइएको छ । नेकपा माओवादी केन्द्र कांग्रेस, जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सत्ता समीकरण बनाउने पहलमा जुटिरहेको छ ।

यसका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केहिपल्ट कांग्रेस र जसपाका नेताहरुसँग छलफल समेत गरिसकेका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सत्ता समीकरण र सरकार गठनको प्रक्रिया अघि बढाउन समस्या हुने बताइरहेको छ ।