logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीलगायत अन्य मन्त्रीले राष्ट्रपतिबाट लगाए दशैंको टिका


अंकुरण खबर
3.315K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दसैंको टीका लगाएका छन् । राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन शितलनिवास पुगेका ओलीका सार्थ उनकी पत्नी राधिका शाक्यलाई पनि दशैंको टीका, जमरा र माला लगाइदिएका हुन् ।

राष्ट्रपतिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलसहित अन्य मन्त्रीहरु, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल लगायत उच्च पदस्थ व्यक्तिलाई दशैंको टीका लगाइ दिएकी छन् ।

त्यस्तै राष्ट्रपति भण्डारीले शुभचिन्तक तथा सर्वसाधारणलाई समेत  टीका लगाइदिएकी हुन् ।