logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमित बढेपछि बाँकेमा एक हप्ताका लागि लकडाउन गर्न सिफारिस


अंकुरण खबर
1.365K
Shares

कोरोना भाइरस फैलिएपछि नेपालगन्जमा बैशाख ९ गतेबाट एक हप्ताका लागि लकडाउन गर्ने सिफारिस भएको छ ।

जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर ‘डिसिसिएमसी’ बाँकेले जिल्लामा कम्तिमा सात दिन लकडाउन गर्न सिफारिस गरेको हो।

मंगलबार भएको बैठकले बाँकेमा फैलिरहेको कोरोनाको चेन तोड्नका लागि कम्तिमा एक साताको लकडाउन गर्नुपर्ने सिफारिस प्रमुख जिल्ला अधिकारी समक्ष गरेको हो।

बाँकेका प्रमुख जिल्ला अधिकारीले त्यसबारे थप निर्णय लिनेछन्। सम्भवत बिहीबारदेखि बाँके वा नेपालगन्ज मात्रै भएपनि लकडाउनको तयारी अघि बढेको छ।

‘सातायता संक्रमण उच्च भएको छ, यसलाई रोकथाम गर्न लकडाउन गर्नुको विकल्प छैन,’ प्रमुख जिल्लाअधिकारी शिवराम गेलालले भने, ‘पहिलो चरणमा एक हप्ता मात्रै लकडाउन हुन्छ।’

अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि बेड समेत अभाव हुन थालेपछि लकडाउन बाध्यकारी भएको हो।

पछिल्लो समय बाँकेमा कोरोना संक्रमण बढ्दै गएको छ। बाँकेमा मंगलबारसम्ममा ८ सय ६६ जना संक्रमित छन् । नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै ५ सय बढी छन्। संक्रमितको केही दिनदेखि दैनिक नै मृत्यु भइरहेको छ।