नेपाली बजारमा बुधबार सुनचाँदीको मुल्य बढेको छ ।
आज छापावाला सुनको मूल्य तोलामा १३ सयले बढेर प्रतितोला ९२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुन तोलाको ९० हजार ७ सयमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सयमा कारेबार भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेर प्रतितोला १३१० मा कारोबार भइरहेको छ ।