logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्पष्टीकरण सोधेको भन्दै नेपाल–खनाल समूह अदालत जाने


अंकुरण खबर
1.508K
Shares

आफुपक्ष नेताहरुलाई एकोहोरो आरोप लगाई पार्टी संसदीय दलले स्पष्टीकरण पत्र काटि पार्टी फुटाउन लागेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह सर्वोच्च अदालत जाने तयारी गरेको छ ।

स्रोतका अनुसार पार्टी संसदीय दलले मनोमानी ढंगले खनाल–नेपालपक्षका सांसदहरूलाई कारबाही गर्ने मनशायका साथ स्पष्टीकरण सोधेपछि अदालत जान लागेको एक सांसद्ले जानकारी दिए । उनीहरुले बिनाकारण आफुहरुलाई स्पष्टीकरण सोधेको भन्दै कानुनविदहरुसंग छलफल गरि कानुन व्यवसायीमार्फत् (उत्प्रेषणसम्बन्धी) मुद्दा दर्ता गर्न लागेको  जानए ।

नेता नेपालसहित चारजनालाई दुई दिनभित्र र झलनाथ खनालसहित २३ सांसदलाई तीन दिनभित्र जवाफ दिनु भन्दै सोधिएको स्पष्टिकरणको जवाफ नेपाल–खनाल पक्षले दिने भएका छन् ।