logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

प्रदेशस्तरीय ‘तरुण सम्मेलन तथा प्रशिक्षण’ स्थगित


अंकुरण खबर
1.313K
Shares

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले प्रदेशस्तरीय तरुण सम्मेलन तथा प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार विज्ञप्ति जारी गरी देशभर दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएकाले विभिन्न प्रदेशमा गर्न लागिएको तरुण सम्मेलन तथा प्रशिक्षण कार्यक्रम स्थगित गरिएको बताए ।

तरुण दलले आगामी वैशाख १२ र १३ गते गण्डकी प्रदेशको पोखरा र जेठ १ र २ गते प्रदेश २ को बारामा प्रदेश सम्मेलन तोकिएको थियो ।

कोरोना सङ्क्रमण नियन्त्रणमा आएर सामाजिक वातावरण सहज भएपछि नयाँ मिति तोकेर प्रदेश सम्मेलन आयोजना गर्ने दलले जनाएको छ ।