logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीको चेतावनी : पार्टी एकतावद्ध गर्ने आफ्नो प्रयासलाई कमजोरीको रुपमा नलिनु


अंकुरण खबर
637
Shares

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई सम्झाउनु बुझाउनुलाई आफ्नो कमजोरीको रुपमा नलिन नेपाल पक्षलाई चेतावनी दिएका छन् ।

बिहीबार मदननगर बल्खुमा पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास पछि प्रधानमन्त्री ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई रोकी पार्टीमा क्षति हुन नदिन आफुले गरेका प्रयासलाई कमजोरीका रुपमा नलिन चेतावनी दिएका हुन् । उनले भने, ‘पार्टी अनुशासित बनाउनुपर्छ, अनुशासनहीनतासँग सम्झौता गर्न सक्दैनौं । गुटगत गतिविधिलाई अब मान्यता दिन सक्दैनौं ।’

उनले पार्टी भित्र धेरै उपद्रो गर्दा पनि अर्को पार्टी खोलेर हिँड्दा पनि कारवाही नगरेर सम्झाइ बुझाई गर्नेमै आफ्नो प्रयास रहेको जीकिर गरे । ओलीले भने ‘भरसक पार्टीमा क्षति नहोस भनेर व्यक्तिगत तवरमा कुरा गर्ने,उनीहरुलाई सच्याउने र जिम्मेवारी दिने कुरा हुनसक्छ । तर समूहगत रुपमा वार्ता हुन्न ।’

प्रधानमन्त्री ओलीले पार्टीमा आफुलाई सिध्यान धेरै मञ्चन गरे पनि त्यो संभव नभएको र आगामी दिनमा पार्टीमा कुनै पनि गुटगत गतिविधि गर्न नदिने स्पष्ट पारेका छन् ।