logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

चट्याङ लागेर रौतहटमा एकको मृत्यु


अंकुरण खबर
1.287K
Shares

रौतहटमा चट्याङ लागेर गुजारा-७ पल्टुवाका ४५ वर्षीय लक्षण महराको मृत्यु भएको छ ।

बुधबार साँझ आफन्तको घरमा बिहेभोजमा सहभागी हुन गुजरा-८ जयराजपुर गएका महराको बिहीबार बिहान ५ बजे शौच गर्न खेतमा गएका बेला चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहतले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।