काठमाडौं – सुनसरीको इटहरीस्थित एक घरमा तीनजना मृत फेला परेका छन् । दशैंको टीकाको दिन सुनसरी–१७ स्थित घरमा श्रीमान राजेश शर्मा, उनकी श्रीमती पुनम र ६ वर्षीया छोरी स्वस्तीका मृत भेटिएका हुन् ।
राजेश झुण्डिएको अवस्थामा र श्रीमती र छोरीको शव बाकस र बोरामा फेला परेको हो । श्रीमानले श्रीमती र छोरीको हत्यापछि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
मृतक श्रीमान श्रीमतीबीच लामो समयदेखि झगडा चलिरहेको थियो । दुवैबीच केही समय अघि मात्रै प्रहरीमा मिलापत्र भएको प्रहरीले जनाएको छ ।