प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ ।
हिजो (बुधबार) साँझ पनि उनीहरूबीच नक्सालस्थित होटल मेरियटमा एक्लाएक्लै भेटवार्ता भएको थियो ।
हिजोको भेटमा नेता नेपालले २०७५ जेठ २ मा फर्किएर पार्टी गतिविधि अगाडि बढाउनुपर्ने प्रस्ताव राखे पनि अध्यक्ष ओलीले त्यसलाई अस्वीकार गरे । हिजोको बैठकबाट कुनै निष्कर्ष निस्कन नसकेकाले आज फेरि भेटवार्ता हुन लागेको बताइएको छ ।
केहीबेरअघि मात्र नेता नेपालले आफूनिकट सांसदहरूसँग छलफल गरेका थिए । सोही छलफलका क्रममा नेता नेपालले आज ओलीसँग भेट्न लागेको जानकारी दिएका थिए ।