logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा बस दुर्घटना, ३८ जना घाइते


अंकुरण खबर
1.56K
Shares

काठमाडौं – चितवनको भरतपुरमा यात्रु बाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।

गएराती सवा १२ बजे काठमाडौंबाट मलंगवा सर्लाहीतर्फ जांदै गरेको ना ५ ख ५३४४ नम्बरको यात्रुबाहक बस भरतपुर महानगरपालिका १२ स्थित आस्थाचोकमा दुर्घटना भएको हो ।

घाइतेहरुको पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुईजना भने सामान्य उपचारपछि घर फर्केका छन् ।

बस अनियन्त्रित भइ सडक छेउमा रहेको पीपलको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ ।