logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालुवाटारमा एमाले बैठक बस्दै,गर्ला त स्पष्टीकरण सोधिएकालाई कारबाही


अंकुरण खबर
1.183K
Shares

चरम विवादमा रुमलिएको नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ ।

विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । यो बैठक बैशाख ६ गतेकै निरन्तरता रहेको एमालेले जनाएको छ ।

आजको बैठकमा सहभागी भई आफ्ना कुरा राख्न अध्यक्ष ओलीले यस अघि माधव कुमार नेपाल र बामदेव गौतमलाई भेटी आग्रह गरेपनि ठोस निष्कर्ष निस्कन सकेको छैन । आजको बैठकमा माधव,झलनाथ र बामदेव सहभागी नहुने जनाएका छन् ।

आजको बैठकले माधवपक्षीय नेताहरु प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई सोधिएको स्पष्टीकरण प्रति के कस्तो निर्णय गर्छ सर्वत्र चासोको विषय बनेको छ ।

आजको बैठकमा पार्टीको सांगठानिक र राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुनेछ । त्यस्तै केन्दीय सदस्यहरुको कार्यविभाजनका लागि संगठन विभाग प्रमुख विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल र टोपबहादुर रायमाझी सदस्य रहेको कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि आजको बैठकमा छलफल हुनेछ ।

माधव झलनाथ र बामदेव पक्षको सहमतिविनै अध्यक्ष ओलीले केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेका थिए ।