logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आइसोलेसनमा लग्ने क्रममा धनगढीमा भागे सात संक्रमित


अंकुरण खबर
728
Shares

धनगढीमा आइसोलेसन लग्ने क्रममा सात जना कोरोना संक्रमित एम्बुलेन्सबाटै फरार भएका छन्।

बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका उनीहरुलाई ऐन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुस्टि भएको थियो ।

त्यसपछि उनीहरुलाई सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी उपमहानगरपालिका–१५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा सातै जना भागेको त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले जानकारी दिए ।

ती संक्रमितहरु भारतको बेली जंगलतर्फ भागेको बताइएको छ ।