logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

पुनर्निर्मित धरहराको प्रधानमन्त्री ओलीद्धारा उद्घाटन, तत्काल सर्वसाधारणको लागि खुल्ला नगर्ने


अंकुरण खबर
975
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् ।

सुन्धारा स्थित पुनर्निर्मित धरहराको आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उनले धराहराको बालकोनीबाट पुष्प वृष्टि गर्नुको साथै काठमाडौं उपत्यकाको दृष्यावलोकन गरेका थिए ।

२०७५ पुस १२ गते २०७२ सालको भूकम्पबाट भत्किएको धरहराको प्रधानमन्त्री ओलीले शिलान्यास गरेका थिए । धरहराको उद्घाटन आज भए पनि अझै काम बाकी रहेकाले सर्वसाधारणको लागि भने खुल्ला गरिएको छैन् ।

बाहिरबाट हेर्दा ११ तले पुरानै शैलीको देखिए पनि धरहराको भित्री संरचनामा २२ तलाको हुनुको साथै अत्याधुनिक प्रविधिबाट सम्पन्न गरिएको छ ।

२०७२ साल वैशाख १२ को भूकम्पले भत्किएर बाँकी रहेको धरहराको तल्लो भागलाई त्यही संरक्षण गरेर राखिएको छ ।