logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१ महिना लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस, सीसीएमसीले आज प्रधानमन्त्रीलाई ब्रिफिङ गर्ने


अंकुरण खबर
910
Shares

काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै स्वास्थ्य मन्त्रालयले कम्तिमा एक महिना लकडाउन गर्न सुझाव दिएको छ ।

आज अपरान्ह ४ बजे सीसीएमसीका सदस्य,मन्त्रीहरु तथा प्रधानमन्त्री ओलीबीच हुने भेटघाटमा यस्तो सिफारिस गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दिनानुदिन कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेका बेला काठमाडौ उपत्यकामा तत्काल पूर्ण लकडाउन नगरे स्थिति नियन्त्रण बाहिर जाने मन्त्रालयको सुझाब छ । छिमेकी मुलुक भारतमा कोरोना नियन्त्रण बाहिर गैसकेको अवस्थामा नेपालमा पनि त्यही अवस्था आउन नदिन तत्काल लकडाउनको विकल्प नरहेको मन्त्रालयले जनाउदै आएको छ ।