शनिबार २,६१८ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् भने, १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,६६८ जनाको पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा २,६१८ जनामा संक्रमण भेटिएको हो । त्यस्तै ३६८ जनाले कोरोना संक्रमणलाई जितेका छन् ।
नेपालमा हालसम्म २ लाख ९७ हजार ८७ जनामा संक्रमण देखिएको छ भने ३,१३६को कोरोनाकै कारण मृत्यु भएको छ । कोरोना संक्रमणदर उच्च रहेकाले सजक रहन मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।