जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी क्षेत्रमा आंशिक बदली रही अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।
हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभाव कायमै रहेको छ ।
अहिले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशका धेरैजसो स्थानहरुमा आँशिक बदली रहनेछ । प्रदेश न. १ र बाग्मति प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ ।
त्यसैगरी आज राति देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
यसैबिच प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले बेलुकातिर आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।