नेकपा एमाले (ओली पक्ष) को केन्द्रीय कमिटीको आकश्मिक बैठक बालुवाटारमा जारी छ ।
आइतबार बिहान १० बजेदेखि बालुवाटारमा सुरु भएको उक्त बैठकका एजेन्डाहरु सार्वजनिक गरिएको छैन ।
माधवकुमार नेपालसहित उनी पक्षका केन्द्र तथा प्रदेशका गरी ३२ सांसदलाई मागिएको स्पष्टीकरण सम्बन्धमा छलफल गर्न ओलीले बैठक डाकेको बताइएको छ ।
यसअघिको महाधिवेशन आयोजक कमिटीको वैठकले नेपाल-खनाल पक्षको स्पष्टीकरण तुलनात्मक रुपमा ‘सफ्ट’ आएको निष्कर्ष निकालेको थियो ।