logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना बढेपछि रुपन्देहीमा विद्यालय बन्द, सवारीमा जोर-बिजोर लागू


अंकुरण खबर
3.822K
Shares

रुपन्देहीमा पनि कोभिड संक्रमितको संख्या बढ्दै गए पछि रुपन्देही प्रशासनले भिड नियन्त्रण गर्न सम्पूर्ण शैक्षिक संस्थाहरु बैशाख मसान्त सम्म बन्द गर्ने निर्णय गरेको छ ।

आईतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्मा बसेको सुरक्षा पदाधिकारी तथा स्थानीय तहका प्रमुख‚ अध्यक्ष एवम प्रतिनिधिहरुको बैठकले सबै स्थानीय तहका सबै शिक्षण संस्था बन्द गरेको निर्णय गरेको हो ।

शैक्षिक संस्थाहरुले प्रत्यक्ष भौतिक उपस्थितिमा गरिने शिक्षण सिकाईको सट्टा बैकल्पिक माध्यमबाट शिक्षण सिकाईको ब्यवस्था गर्न भनेको छ। यसको साथै सबै किसिमका पूर्व निर्धारित परिक्षाहरु समेत हाललाई स्थगन गर्न बैठकले निर्णय गरेको छ।

बैठकले रुपन्देहीका सार्वजनिक तथा निजि यातायातका साधनहरु जोर बिजोर प्रणालीको आधारमा सञ्चालन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले बताए।

अर्थात जोर गतेका दिन जोर नम्बर प्लेट भएका यातायातका साधन र बिजोर गते बिजोर नम्बर भएका यातायातका साधनहरु सञ्चालन हुने ब्यवस्था मिलाउन समन्वय बैठकले निर्णय गरेको छ।

बैठकले वैशाख १४ गते मंगलबारदेखि जिल्लाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर-बिजोर प्रणाली लागू हुने जनाइएको छ ।

यस अघि  बसेको डिसीसीएमसीको बैठकले भैरहवा र बुटवल लगायतका बिद्यालय बन्द गर्ने निर्णय गरि सकेको थियो।